हकलीको कीर्तिमानसँग मिथालीको बराबरी

भारतीय महिला टोलीकी कप्तान मिथाली राजले न्युजिल्यान्डमा जारी आइसिसी महिला एक दिवसीय विश्वकपमा अस्ट्रेलियाविरुद्ध अर्धशतकीय पारी खेलिन् । यो उनको एकदिवसीय करियरको ६३ औं अर्धशतक हो । 

योसँगै उनले विश्वकपमा सर्वाधिक ५० वा सो भन्दामाथि रन बनाउने खेलाडीको सूचीमा न्युजिल्यान्डकी पूर्व खेलाडी डेबी हकलीको कीर्तिमासँग बराबरी गरेकी छन् । 

यी दुवैले विश्वकपमा १२ पटक ५० वा सोभन्दा बढी रन बनाउने कीर्तिमान बनाएका छन् । 

मथालीले आज सम्पन्न खेलमा ९६ बलको सामना गर्दै ४ चौका र १ छक्कासहित टोलीका लागि सर्वाधिक ६८ रनको योगदान दिइन् । 

उनले तेस्रो विकेटका लागि यातिस्का भाटियासँग १३० रनको साझेदारी गर्दै भारतको पारी उकोसेकी थिइन् । 

यातिस्काले ५९ र हरमनप्रित कौरले अविजित ५७ रनको योगदान दिँदा भारतले २७७ रनको योगफल तयार पारेको थियो ।



यी तीनले राम्रो प्रदर्शन गरे पनि भारतलाई जित दिलाउन भने सकेनन् । २७८ रनको लक्ष्य अस्ट्रेलियाले तीन बल बाँकी छँदा ४ विकेट गुमाउँदै भेट्टायो । 

उसका लागि कप्तान मेग लनिंगले ९७ र एलिसा हेलीले ७२ रनको उत्कृष्ट पारी खेले । 



  • प्रकाशित मिति : चैत ५, २०७८ शनिबार १५:२६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया