युक्रेनमाथि आक्रमणको विरोधमा रुसी अन्तरिक्ष यात्रीले पहिरिए युक्रेनी झण्डा रङको पोशाक

तीन रुसी अन्तरिक्ष यात्रीको टोलीले युक्रेनमा भएको आक्रमणको अनौठो तरिकाले विरोध गरेको छ ।

तीनै जना अन्तरिक्ष यात्री युक्रेनी झण्डाको रङ भएको सुट लगाएर अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन पुगेका हुन् ।

युक्रेनमा रुसको आक्रमणको विरोध गर्न उनीहरूले यो विधि अपनाएको मानिएको छ ।

गत महिना युक्रेनमा रुसी आक्रमणपछि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पुग्ने अन्तरिक्ष यात्रीहरूको यो टोली पहिलो हो ।

स्टेशनमा आउनेबित्तिकै यी अन्तरिक्ष यात्रीहरूलाई न्यानो स्वागत गरिएको थियो ।

यहाँ अमेरिकी, रुसी र जर्मन टोलीका सदस्यलाई अँगालो हालेर बधाई दिँदै गरेको उनीहरू देखिएका छन् ।



तीन रूसी अन्तरिक्ष यात्री पहेँलो र नीलो रङको सुटमा थिए । युक्रेनको झण्डा पनि नीलो र पहेँलो रङको छ ।

अन्तरिक्ष यात्रीहरूका लागि तोकिएको मानक नीलो युनिफर्मको सट्टा उनीहरूले यस्तो युनिफर्म लगाएका थिए ।



  • प्रकाशित मिति : चैत ५, २०७८ शनिबार १९:९:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया