नीताको निर्देशक चन्द्र

अभिनेत्री  नीता ढुङ्गाना पछिल्लो समय सिनेमा खेल्ने भन्दा पनि म्युजिक भिडियो निर्देशनमा व्यस्त छिन् । ज्योतिषसँगै अभिनेता समेत रहेका हरिहर अधिकारीसँग नजिकिएयता उनी म्युजिक भिडियो र टिभी शो निर्देशन सक्रिय बनेकी हुन् । 

हरिहरले सञ्चालन गर्ने हरिहर सो र उनकै अभिनय रहेको एक शिवस्तोत्र ‘जय जय नीलकण्ठ’ नीताले नै निर्देशन गरेकी थिइन् ।

केही समयअघि ‘ह्रस्व–दीर्घ’ सिनेमाको निर्देशन नीता आफैँले गर्ने चर्चा पनि चलेको थियो । निर्माणमा हरिहरसँग सहकार्य गर्ने र निर्देशनमा डेब्यु गर्ने उनको तयारी थियो । तर, नीताले निर्देशनबाट हात झिकेकी छिन् । निर्माणसँगै अभिनय पनि रहने भएकाले उनले निर्देशनबाट आफुलाई अलग राख्ने निर्णय गरेकी छिन् । 

नीता निर्मात्री र अभिनयको जिम्मेवारीमा मात्रै सिमित रहन चाहेपछि फिल्म निर्देशनको जिम्मा चन्द्र पन्तले पाएका छन् । नीताको निर्मात्रीको रुपमा पहिलो फिल्म भएकाले उनले लगानीसँगै अभिनयमा मात्र केन्द्रित हुने निर्णय लिएकी छिन । यद्यपी, उनको लक्ष्य निर्देशन भए पनि अहिलेलाई त्यो थाती राखेकी छिन् । 

नीताले भने निर्देशनको निर्णय छलफलपश्चात लिने बताइन् । फिल्म भदौबाट छायांकनमा जाने भएकाले उनले सिनेमा बारे धेरै कुरा गर्न चाहिनन् । ‘ह्रस्व–दीर्घ’ पहिलो प्रोजेक्ट भएकाले अहिले यसको स्क्रिप्ट र संगीतमा काम भइरहेको छ,’ नीताले भनिन् । यसै फिल्म निर्देशनका लागि रामजी लामिछाने, झरना थापा, सुदर्शन थापासम्मको नाम चर्चामा थियो । यद्यपी यो जिम्मेवारी पन्ततर्फ पुगेको छ ।





  • प्रकाशित मिति : चैत ५, २०७८ शनिबार २०:१८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया