प्रश्नपत्र छाप्न पैसा नभएपछि श्रीलंकामा राष्ट्रिय परीक्षा स्थगित, ९-११ का विद्यार्थीलाई स्वतः माथिल्लो कक्षामा लैजाने तयारी

प्रश्नपत्र छाप्ने कागज आयातका लागि विदेशी मुद्रा सञ्चितिको अभावपछि श्रीलंकामा राष्ट्रिय परीक्षा स्थगित गरिएको छ।

श्रीलंकाले पश्चिमी प्रान्तमा सोमबारबाट सुरु हुने तय भएको परीक्षा कागज खरिद गर्न विदेशी मुद्रा नभएपछि अनिश्चितकालका लागि स्थगित भएको हो । 

शिक्षा अधिकारीहरुका अनुसार श्रीलंकासँग कागज आयात गर्नको लागि समेत डलरको अभाव रहेको छ। सन् १९४८ मा श्रीलंका स्वतन्त्रता भएपछि सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ। 

प्रश्नपत्रसमेत छाप्न नसकिने अवस्थामा पुगेपछि विद्यालयका प्रधानाध्यापकहरूले परीक्षा लिन अस्वीकार गरेको पश्चिमाञ्चल प्रदेशको शिक्षा विभागले जनाएको छ। आवश्यक कागज र मसी आयात गर्न विदेशी मुद्राको अभाव भएको विभागको भनाइ छ।

श्रीलंकाली शिक्षा विभागले कक्षा ९, १० र ११ को राष्ट्रिय परीक्षा वर्षको अन्तिममा लिँदै आएका थिए। तर, यसपालि प्रश्नपत्र नै छाप्न नसकिने अवस्था आएपछि विद्यार्थीलाई परीक्षा नै नलिई अर्को कक्षामा बढुवा गर्ने तयारी गरिएको छ।





  • प्रकाशित मिति : चैत ५, २०७८ शनिबार २०:५२:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया