सिरी एमा एसी मिलानकाे कठिन जित

इटालियन सिरी ए अन्तर्गत आज बिहान सम्पन्न खेलमा लिग लिडर एसी मिलान विजयी भएकाे छ ।

मिलानले घरेलु टाेली काग्लियरीमाथि १-० काे कठिन जित हात पारेकाे हाे ।

सार्देग्ना एरिनामा खेलकाे ५९ औं मिनेटमा इस्माइल बेनेसरले गरेकाे एक मात्र गाेल मिलानलाई जित दिलाउन निर्णायक बन्याे ।

बेनेसरले ओलिभर जिरुडकाे पासलाई सदुपयोग गरेका थिए ।

जितसँगै शीर्ष स्थानमा कायम रहेकाे मिलानले ३० खेलमा ६६ अंक जाेड्दा पराजित काग्लियरी समान खेलबाट २५ अंकका साथ १७ औं स्थानमा छ ।

लिग अन्तर्गतकै अर्काे खेलमा इन्टर मिलान फियाेरेन्टिनासँग १-१ काे बराबरीमा राेकिएकाे छ ।
 





  • प्रकाशित मिति : चैत ६, २०७८ आइतबार ९:०:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया