कास्कीमा म्यादी प्रहरीका लागि खुल्याे आवेदन

आगामी स्थानीय तहको निर्वाचनका लागि कास्कीमा झन्डै एक हजार पाँच सय म्यादी प्रहरी आवश्यक पर्ने भएको छ ।

जिल्ला प्रहरी कार्यालयले चुनावमा खटाउने गरी एक हजार चार सय ७१ म्यादी प्रहरी भर्ना गर्न लागेको छ । कार्यालयले भर्ती हुन चाहनेका लागि आइतबार सूचना जारी गरी आह्वान गरेको छ ।

आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि कास्कीमा एक सय ५० वटा मतदानस्थल कायम गरिएको छ । 

जिल्ला निर्वाचन कार्यालयले मतदान गर्ने ठाउँको टुंगो लगाएको हो । सोहीअनुसार म्यादी प्रहरी भर्ना प्रक्रिया अघि बढेको छ ।

कार्यालयका अनुसार अघिल्लो स्थानीय चुनावकै आधारमा मतदानस्थल कायम गरिएको छ । पाँच स्थानीय तह रहेको कास्कीमा ७२ वडा छन् । 

नयाँ नामावलीअनुसार दुई लाख ८१ हजार नाै सय ४० मतदाता छन् । पूरा मतदातामध्ये ५३ प्रतिशत महिला र ४७ प्रतिशत पुरुष छन् । जिल्लाभर चारजना पारालैंगिक मतदाता छन् ।



आवेदन दिनेले आइतबारदेखि ११ चैतसम्म फारम बुझाइसक्नुपर्ने छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा आवेदन दिएर शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा पास भएका, विभिन्न सुरक्षा निकायमा काम गरि निवृत्तिभरण वा उपदान पाएका पूर्वसुरक्षाकर्मी तथा वन रक्षकहरू र विगतमा म्यादी भर्ना भई सन्तोषजनक काम गरेका व्यक्तिहरूलाई प्राथमिकता दिइने प्रहरी कार्यालयले जनाएको छ ।

म्यादी प्रहरीमा भर्ना हुन राजनीतिक दलमा सदस्य नरहेको हुनुपर्छ । १८ देखि ५४ वर्ष उमेर पुगेकाले आवेदन दिन पाउँछन् । 



यही २२ चैतसम्म अन्तिम नतिजा निकाल्ने र प्रशिक्षण दिएर निर्वाचन हुने ठाउँमा खटाइने कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।

  • प्रकाशित मिति : चैत ६, २०७८ आइतबार १२:५४:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया