सिरी ‘ए’ मा युभेन्ट्सको शानदार जित

इटालियन सिरी ‘ए’ फुटबलअन्तर्गत सालेरनिटानाविरुद्ध युभेन्ट्स २–० ले विजयी भएको छ । गएराति भएको खेलमा युभेन्ट्सको जितमा पाउलो डिबाला र डुसन भ्लाहोभिचले एक/एक गोल गरे । 

घरेलु मैदानमा भएको खेलमा पाँचौं मिनेटमा डिबालाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । २९ औं मिनेटमा डुसनको गोलमा युभेन्ट्स २–० ले विजयी भयो । यो जितसँगै युभेन्टसले उपाधि होडमा आफूलाई बलियो बनाएको छ ।  

उसले लिगमा ३० खेलमा ५९ अंक जोडेको छ । युभेन्ट्स अंक तालिकाको चौथो स्थानमा छ । सालेरनिटाना १६ अंक जोडेर पुछारमा छ ।  






  • प्रकाशित मिति : चैत ७, २०७८ साेमबार ६:५०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया