पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर आज नेकपा एमाले प्रवेश गर्दैछन् ।
दुवै जनालाई एमाले पार्टी केन्द्रीय कार्यालय थापाथलीमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
समाजवादी जनता पार्टीका अध्यक्षसमेत रहेका सिंहको पार्टी नै एमालेमा समाहित हुन लागेको हो । सिंह पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार हुँदा खानेपानीमन्त्री थिए ।
अभिनेत्री मानन्धर यसअघि नयाँ शक्ति पार्टीमा सक्रिय थिइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।