दिमित्री मुराटाेभले नाेबेल शान्ति पुरस्कारकाे रकम युक्रेनी शरणार्थीलाई दिने

रुसका नोबेल शान्ति पुरस्कार विजेता दिमित्री मुराटाेभले आफूले पाएको पुरस्कार युक्रेनी शरणार्थीलाई रकम जुटाउन दान गर्ने घोषणा गरेका छन् । 

रुसको नोभाय गजेटा पत्रिकाका प्रधानसम्पादकसमेत रहेको मुरातोभले रुसी हमलापछि १ करोड युक्रेनी आफ्ना घरबाट विस्थापित भएको अवस्थामा सो सहयोग गर्ने निर्णयमा पुगेको बताएका छन् ।

उनी रुसी प्रशासन केन्द्र क्रेमलिनका प्रखर आलोचकका रूपमा चिनिन्छन् । 

त्यसो त आफूले पाएको विश्व चर्चित पुरस्कार लिलामीमा राख्न उनले गत वर्ष नै आह्वान गरेका थिए । ‘यो विश्व-प्रसिद्ध पुरस्कार लिलामीमा राख्न र लिलामी घरहरूलाई जवाफ दिन म अनुरोध गर्छु’, गत वर्ष उनले भनेका थिए ।

रुसी हमलाका कारण दिनहुँ युक्रेन छोडेर छिमेकी मुलुकहरुमा शरण लिनेको संख्या बढ्दो छ । ३० लाखभन्दा बढी युक्रेनीले देश छोडेर विभिन्न देशमा शरण लिएका छन्।

त्यस्तै, युद्धकै कारण घर छाड्ने युक्रेनीको संख्या झनै डरलाग्दो छ । राष्ट्रसंघका अनुसार अहिलेसम्म युद्धका कारण १ करोड युक्रेनीले घर छाडेका छन् । 





  • प्रकाशित मिति : चैत ९, २०७८ बुधबार ८:३४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया