निर्वाचनमुखी गठबन्धनले देशलाई उपलब्धि दिन सक्दैन : प्रदीप पौडेल

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले संविधान स्वीकार गर्ने दलहरूका बीचमा हुने निर्वाचनमुखी गठबन्धनले मात्रै देशलाई उपलब्धि दिन नसक्ने बताएका छन् । 

राजनीतिशास्त्री समाजले काठमाडौंको पद्मकन्या क्याम्पसमा बुधबार आयोजित ‘नेपालको वर्तमान राजनीतिक परिस्थितिमा दलीय गठबन्धनको औचित्य’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले निर्वाचनमुखी गठबन्धनले मात्रै देशलाई उपलब्धि दिन नसक्ने बताएका हुन् । 

‘चुनावमुखी गठबन्धनले चुनावमा जिताउन मात्रै काम गर्छ । निर्वाचनमुखी गठबन्धनले देशलाई उपलब्धि दिन सक्दैन,’ पौडेलले भने । जनता र जनजिविकासम्बन्धी साझा एजेण्डा निर्माण गर्ने गठबन्धन मुलुकका लागि आवश्यक भएको उनको भनाइ थियो । 

‘विचार, विषयसँग सामिप्यता भएको समाजवाद प्राप्ति र जनताका साझा एजेण्डा निर्माण गर्ने गठबन्धन आवश्यक छ,’ पौडेलले भने । २०७४ को निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थिरताका निम्ति भनेर गठबन्धन गरेको भन्दै उनले चुनाव जितिसकेपछि ओली अत्यन्तै अस्थिर बनेको स्मरण पनि गरे । 

‘चुनाव जित्नका लागि केपी ओलीले स्थिरताका निम्ति भनेर गठबन्धन गर्नुभयो । चुनाव जितेपछि उहाँ जत्ति अस्थिर कोही भएन,’ पौडेलले भने, ‘त्यस्तो गठबन्धन गर्नुहुँदैन । स्थिरताको पक्षमा देखिने गठबन्धन हुनुपर्छ ।’ 





  • प्रकाशित मिति : चैत ९, २०७८ बुधबार १३:२६:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया