चीनमा बेपत्ता विमानको ब्ल्याकबक्स भेटियो

चीनमा गत सोमबारदेखि बेपत्ता भएको विमानको ब्ल्याक बक्स बुधबार मात्रै भेटिएको छ । 

एक सय ३३ यात्रु बोकेको यात्रु वाहक विमान दक्षिणपश्चिम चीनमा गत सोमबार दुर्घटनाग्रस्त भएको थियो । 

बोइङ ७३७ विमान चीनको गुआङ्सी क्षेत्रको वुझाउ शहर नजिकैको ग्रामीण इलाकामा दुर्घटनाग्रस्त भएको थियो । 

दुर्घटना लगत्तै उद्धार टोलीहरू घटनास्थलमा पुगेर खोजी तथा उद्धारको प्रयास गरेका थिए ।  

उद्धारकर्ताहरुले बुधबार मात्रै विमानको ब्ल्याक बक्स फेला पारेका छन् । विमान बेपत्ता हुनुमा मौसमसम्बन्धी कारण नभएको पनि सरकारी अधिकारीहरुले स्पष्ट पारेका छन् । 

घटनास्थलमा पुगेको उद्धारकर्ताहरुले पनि औपचारिक र आधिकारीक रुपमा घटनाका बारेमा विस्तृत जानकारी दिएका छैनन् ।





  • प्रकाशित मिति : चैत ९, २०७८ बुधबार २०:४१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया