कुलमान घिसिङ भन्छन् - लोडसेडिङ हुँदैन

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ नहुने बताएका छन् । 

बिहीबार पत्रकार सम्मेलन गरेर उनले उद्योगसहित कतै पनि लोडसेडिङ नगर्ने बताएका हुन् । 

उनले भने, ‘लोडसेडिङ हुन लागेको हल्ला चलेको छ । तर हामी नेपालमा लोडसेडिङ हुन दिँदैनौं ।’ 

भारतमा ऊर्जा संकट आएपछि नेपालमा पनि यसको असर परेको भन्दै उनले केही समयका लागि महसुल बढाएर भए पनि नियमित विद्युत् दिने बताए । 

अहिलेको समयमा ३५० मेगावाट विद्युत भएमा सिस्टम चल्ने बताउँदै यो समस्या जेठबाट स्वतः अन्त्य हुने कार्यकारी निर्देशक घिसिङकाे भनाइ छ ।

असारदेखि नेपालले पाँच सय मेगावाट विद्युत निर्यात गर्न सकिने भन्दै उनले अहिले तत्काल देखिएको समस्यामात्र रहेको बताए । 
  





  • प्रकाशित मिति : चैत १०, २०७८ बिहीबार १४:१९:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया