४ वर्षीया बालिका अपहरण गरी १५ लाख फिरौती माग्ने ४ जना पक्राउ
अपहरणमुक्त ४ वर्षीया बालिका

जनकपुरधामको पुलचोकबाट अपहरणमा परेकी ४ वर्षीया बालिकालाई प्रहरीले अपहरणमुक्त गराएको छ । 

अपहरणमा परेकी बालिकालाई प्रहरीले २४ घण्टा नबित्दै प्रहरीले अपहरणमुक्त गराउन सफल भएको हो । प्रहरीले अपहरणमा संलग्न ४ जनालाई पक्राउ समेत गरेको छ ।  

बिहीबार साँझ अपहरणमा परेकी बालिकालाई धनुषाको बिदेह नगरपालिका–८ बफैबाट शुक्रबार साँझ अपहरणमुक्त गराइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए । 

उनले अपहरणमा संलग्न एक महिलासहित चार जनालाई पक्राउ गरिएकोसमेत जानकारी दिए । 

जनकपुरधाम उपमहानगरपालिका–१६ पुलचोकका ध्रुव मण्डलको ४ वर्षीया छोरी सृष्टि मण्डललाई बिहीबार साँझ जनकपुरधामस्थित घर अगाडि खेल्दै गर्दा अपहरण गरिएको थियो । 



अपहरणकारीले शुक्रबार बिहान फरक–फरक नम्बरबाट फोन गरी १५ लाख रुपैयाँ फिरौती मागेका थिए ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी दिपक राय नेतृत्वको टोलीले बालिकालाई अपहरणमुक्त गराएको प्रहरी उपरीक्षक बसन्त रजौरेले बताए । 



अपहरणकारीलाई पक्राउ गर्न प्रहरीले ४ राउण्ड हवाई फायर गरेको प्रहरी उपरीक्षक रजौरेले बताए । यद्यपि, कोही पनि घाइते नभएको उनको भनाइ छ ।

  • प्रकाशित मिति : चैत ११, २०७८ शुक्रबार २१:१०:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया