अमेरिकाकाे चर्चित ब्यान्ड फू फाइटरका ड्रमर टेलर हकिङकाे निधन भएकाे छ ।
हकिङकाे पचास वर्षकाे उमेरमा निधन भएकाे हाे ।
‘हाम्रा प्यारा टेलर हकिन्सको दुखद र असामयिक निधनबाट फू फाइटर परिवार स्तब्ध भएको छ’, ब्यान्डले सामाजिक सञ्जालमा लेखेकाे छ ।
टेलर कोलम्बियाको बाेगाेटास्थित एक होटलमा मृत अवस्थामा फेला परेकाे स्थानीय मिडियाले जनाएका छन् ।
विभिन्न कलाकारहरूले उनकाे निधनमा श्रद्धाञ्जली दिएका छन् । उनकाे निधन के कारणले भएकाे हाे, यस बारेमा अनुसन्धान भइरहेकाे छ ।
सन् १९९७ मा उनी फु फाइटरमा आबद्ध भएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।