\
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आउँदो ३० वैशाखमा हुने स्थानीय निर्वाचनमा सहभागिता नजनाउने भएको छ ।
कपिलवस्तुको शिवगढीमा जारी केन्द्रीय कमिटी बैठकमा चुनावलाई उपयोग गरेर जानुपर्ने प्रस्तावमाथि छलफल भएपछि सो पार्टी यस्तो निर्णयमा पुगेको हो ।
एक नेताका अनुसार महासचिव विप्लवको उक्त प्रस्तावमाथि छलफल हुँदा तत्काल पार्टी नै संस्थागत रूपमा चुनावमा नजाने निर्णयसहित विप्लवको प्रस्ताव परिमार्जन गर्दै अनुमोदन गरिएको हो ।
ती नेताले भने, ‘पार्टी निर्वाचन आयोगमा दर्ता गरेर तत्काल स्थानीय चुनावमा नजाने भन्ने छ, हामी चुनावको विरोधी पनि होइनौं । त्यसैले एजेण्डा मिल्नेहरूलाई समर्थन गर्न पनि खुला नै छाडेका छौं ।’
विप्लव चुनावमा जानुपर्ने पक्षबाट पछि हटेपछि तत्काललाई नेकपा विभाजन हुनबाट पनि जोगिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।