अध्ययन भन्छ- कफीले मुटु जोगाउँछ

कफी पिउँदा मुटुरोग लाग्नुको सट्टा जोगाउने एउटा अध्ययनले देखाएको छ । कफीको प्रयोगलाई लिएर केही चिकित्सक र सर्वसाधारणमा चिन्ता बढ्दै गइरहेका बेला पछिल्लो अध्ययन सार्वजनिक भएको हो ।

बिहीबार प्रकाशित तीनवटा अनुसन्धानका सारअनुसार दैनिक दुईदेखि तीन कप कफी पिउनाले मुटुसम्बन्धी रोग, हृदयघात वा मुटुसम्बन्धी समस्या वा कुनै पनि कारणले चाँडो मृत्यु हुने खतरा १०% देखि १५% सम्म कम हुन्छ । 

अध्ययन समूहका वरिष्ठ लेखक डा. पिटर एम किस्लरले एउटा विज्ञप्तिमा भनेका छन्, ‘कफीले मुटुको धड्कन तीव्र पार्ने हुनाले यो पिउँदा मुटुसम्बन्धी समस्याहरू निम्तिन सक्ने भन्दै कोही चिन्तित छन् । कफी पिउन बन्द गर्ने सामान्य चिकित्सा सल्लाह यहीँबाट आउन सक्छ ।’

तीनवटै अध्ययनमा, किस्टलर र अन्य अनुसन्धानकर्ताहरूले युके बायोबैंकको तथ्यांक प्रयोग गरेका थिए । यसले कम्तीमा ५ लाखभन्दा बढी मानिसहरूको स्वास्थ्य अवस्था देखाउँछ । 

यी अध्ययनका लेखकहरूले कफी पिउने र मुटुको समस्या (एरिथमिया) र हृदय रोगबीचको सम्बन्ध पत्ता लगाउन खोजेका थिए । 

-न्युज कारखाना



 



  • प्रकाशित मिति : चैत १४, २०७८ साेमबार १२:१९:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया