३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि सत्तारुढ नेपाली कांग्रेसले उपसभापति पूर्णबहादुर खड्कालाई चुनावी कमाण्डर बनाएको छ ।
मंगलबार बसेको कांग्रेस केन्द्रीय समितिका बैठकले खड्कालाई चुनावी कमाण्डर बनाउने निर्णय गरेको हो । स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति गठन गर्दै खड्कालाई त्यसको संयोजक तोकिएको हो ।
यो समितिका सदस्य को को हुने भन्ने अहिलेसम्म निर्क्यौल भइसकेको छैन । सभापति शेरबहादुर देउवाले आपसी परामर्शमा समितिका सदस्य तोक्ने बताइएको छ ।
चुनावी प्रचारप्रसार समितिको संयोजक कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।