फेरि चितवन जाँदै प्रचण्ड, उदघाटन र शिलान्यासमा व्यस्त हुने

स्थानीय निर्वाचनमा गठबन्धन गर्ने कांग्रेसको निर्णयपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज गृह जिल्ला चितवन जाँदैछन् । 

चिवतनमा उनले राप्ती नगरपालिकामा निर्माण भएको हर्दी विद्युत सबस्टेसनको उद्घाटन गर्नेछन् । त्यसपछि भरतपुर महानगरपालिकाको रिङरोडको पश्चिमखण्ड शिलान्यास र भरतपुर महानगरपालिका–२२, धनौजीमा कभर्टहल उद्घाटन गर्नेछन् ।

निर्वाचन नजिकिँदै गर्दा प्रचण्डको चितवन दौडधूप बढेको छ । केही दिनअघि पनि उनी गृहजिल्लामा पुगेर विभिन्न विकास निर्माणका काम अवलोकन, उद्घाटन र शिलान्यास गरेका थिए । चितवन कांग्रेसले निर्वाचनमा गठबन्धनको विरोध गरेको छ । 

अघिल्लोपटक भरतपुर महानगरपालिकाको निर्वाचनमा प्रचण्ड नेतृत्वको माओवादीले राजनीतिक बेइमानी गरेको आरोप चितवन कांग्रेसको छ ।  





  • प्रकाशित मिति : चैत १६, २०७८ बुधबार ८:४८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया