सञ्चारकर्मीमाझ पारसले भने– इपिएलको व्यवस्थापन झुर, पुरस्कार पनि थोरै भयो

काठमाडौं– यस सिजनको एभरेस्ट प्रिमियर लिग (इपिएल) शनिबार सम्पन्न भयो । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर प्याट्रियट्सले सरद भेषवाकरको ग्लाडिएटर्सलाई फाइनलमा हराउँदै उपाधि चुम्यो । विजेताले २५ लाख र उपविजेताले १० लाख पुरस्कार पनि पाए । 

तर, आयोजकले प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको बताइरहँदा नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले भने व्यवस्थापन फितलो भएको बताएका छन् । खड्का गत सिजनको विजेता विराटनगर वारियर्सका कप्तानसमेत हुन् । 

फाइनलपछि सञ्चारकर्मीसँगको कुराकानीमा पारसले भने, ‘अन द फिल्ड एकदमै राम्रो भयो । उत्कृष्ट खेलाडीहरु इपिएल खेल्न आए । सबैले राम्रो खेले । तर, अफ द फिल्ड एकदमै झुर भयो ।’

इपिएल देशकै नम्बर वान फ्रेन्चाइज लिग भए पनि आयोजकले व्यवस्थापन पक्षमा ध्यान नदिएको उनको टिप्पणी छ ।

यत्रो सफलता पाएको प्रतियोगिताको पुरस्कार राशि पनि थोरै भएको उनले टिप्पणी गरे । उपाधि विजेताले पाउने पुरस्कार कम मात्र होइन, विधागततर्फ पनि पुरस्कार नभएको उनको गुनासो रह्यो । 

‘धेरै पैसा खर्च गरेर क्लबहरुले टिम तयार पारेका थिए,’ उनले भने, ‘पुरस्कार राशि २५ लाख निकै थोरै भयो । प्लेयर अफ द सिरिजले एउटा बाइक पाए, तर अन्य विधा राखिएन ।’





  • प्रकाशित मिति : पुस ७, २०७५ शनिबार २१:२१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया