लोसपाका नेताहरू बालुवाटारमा, सरकारमा सहभागिताबारे छलफल हुँदै

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का शीर्ष नेताहरू बालुवाटार पुगेका छन् । 

अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरू बुधबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्ताका लागि बालुवाटार पुगेका हुन् ।  

पछिल्लो समय सरकारमा सहभागिताबारे लोसपाले प्रधानमन्त्री देउवासँग वार्ता गरिरहेको छ । तेस्रो चरणको छलफलका लागि भन्दै लोसपाका अध्यक्ष ठाकुरसहितका नेताहरू बालुवाटार गएका हुन् । 

बुधबारको दिउँसो बसेको कार्यकारिणी समितिको बैठकमा सरकारमा सहभागी हुनेबारे छलफल भएको थियो । 

आजको बैठकमा ९ जना कार्यकारिणी समिति सदस्यले बोल्दै सरकारमा सहभागी हुने र कांग्रेससँग तालमेल गर्ने विषयमा आफ्नो धारणा राखेका थिए । 





  • प्रकाशित मिति : चैत १६, २०७८ बुधबार १९:२५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया