शंकर पोखरेल भन्छन् - एमालेको सरकार नै जनताको अपेक्षा

नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको सरकार नै जनताको अपेक्षा रहेको बताएका छन् । 

बिहीबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महासचिव पोखरेलले जनता र कार्यकर्तालाई साथमा लिएर बलियो एमालेको सरकार नै जनताको अपेक्षा रहेको बताएका हुन् ।

लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका महासचिव पोखरेलले एमालेले विकास र समृद्धिको मुद्दा लिएर गरीबी र बेरोजगारी समस्या समाधान गर्दै मुलुकको नाटकीय परिवर्तनका लागि विकास निर्माणलाई प्राथमिकता दिइने बताए। ।

उनले भने, ‘एमालेमा प्रवेशको लहर छ, जनताले एमालेको सरकार खोजेको छ, एमालेले सरकारको नेतृत्व गर्छ । विकास र निर्माणका लागि नाटकीय परिवर्तन आउनेछ ।’

उनले एमालेको मुख्य एजेण्डा विकास र समृद्धि रहेको बताउँदै गरिबी र बेरोजगारीको अन्त्य नै एमालेको मुख्य एजेण्डा रहेको धारणा राखे । 

महासचिव पोखरेलले विगतमा एमालेप्रति मधेसमा सामन्ती मनोवृत्तिको थलो रहेकाले भ्रम छर्ने र अफवाह फैलाउने कार्यलाई विफल पार्न सफल भएको पनि बताए ।





  • प्रकाशित मिति : चैत १७, २०७८ बिहीबार १५:६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया