नेपालको एकमात्र रेल्वे सेवा आजदेखि सञ्चालनमा आउन लागेको छ।
नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले दिउँसाे साढे १२ बजे संयुक्त रूपमा रेल्वे सेवाको भर्चुअल रूपमा उद्घाटन गरेपछि रेल सेवा सञ्चालनमा आउन लागेकाे हाे ।
भारतको जयनगरमा रेल्वेलाई सजाउने कामसमेत पूरा भइसकेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । यसैगरी, जनकपुरधामस्थित रेल्वे स्टेसनमा मञ्च निर्माणको काम पनि पूरा भइसकेकाे छ ।
नेपाली समय साढे १२ वजे भारतको जयनगरस्थित नेपाली स्टेसनबाट रेलको उद्घाटन भई सञ्चालन हुनेछ ।
जयनगरबाट आउने रेलमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादव जनकपुरधाम हल्टमा रेलमा चढ्नेछिन् ।
मन्त्री यादव चढेर कुर्थासम्मको यात्रा गरेपछि पुनः रेल जनकपुर आउने छ । जनकपुरधाम कार्यालय परिसरमा आयोजना हुने कार्यक्रममा मन्त्री यादवले सम्बोधन गर्नेछिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।