आज प्रधानमन्त्री देउवाले महत्त्वपूर्ण राजनीतिक भेटघाट गर्दै

भारतको तीन दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज नयाँदिल्लीमा महत्त्वपूर्ण राजनीतिक भेटवार्तामा व्यस्त हुनेछन् । 

निर्धारित कार्यक्रम अनुसार प्रधानमन्त्री देउवा स्थानीय समयअनुसार शनिबार बिहान १०:४० बजे महात्मा गान्धीको समाधिस्थल राजघाट जानेछन् । त्यसपछि ११ः१० बजे हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ‘वन अन वन’ भेटवार्ता गर्नेछन् । 

मोदीसँगको भेटवार्तापछि हैदरावाद हाउसमा नै दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा नेपाल-भारत द्विपक्षीय बैठक बस्नेछ । 

बैठक सम्पन्न भएपछि सवा बाह्र बजे दुई देशका अधिकारीबीच केही सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । त्यसपछि संयुक्त विज्ञप्ति जारी गरिनेछ । 

शनिबार नै दिउँसो साढे चार बजे प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नेछन् । 

प्रधानमन्त्री देउवा आइतबार बिहान ९ बजे उत्तर प्रदेशको वाराणसी पुग्ने कार्यक्रम रहेको छ । वाराणसीबाट पुनः नयाँदिल्ली आई उनी त्यहाँबाट सवा चार बजे स्वदेश फर्कनेछन् । 





  • प्रकाशित मिति : चैत १९, २०७८ शनिबार ९:०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया