प्रधानमन्त्री देउवाले आज भारतीय समकक्षी मोदीसँग भेटवार्ता गर्ने

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदैछ । 

नयाँदिल्लीस्थित हैदरावाद हाउसमा दुई देशका प्रधानमन्त्रीबीच भेटवार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको हो । 

निर्धारित कार्यक्रम अनुसार स्थानीय समयअनुसार शनिबार बिहान ११ः१० बजे हैदरावाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच ‘वन अन वन’ भेटवार्ता सुरु हुनेछ । 

‘वन अन वन’ वार्ता कम्तीमा आधा घण्टा चल्ने जनाइएको छ । त्यसपछि दुवै देशका प्रधानमन्त्रीको नेतृत्वमा नेपाल-भारत द्विपक्षीय बैठक हैदरावाद हाउसमा नै हुनेछ ।

द्विपक्षीय बैठक सकिएपछि नेपाल र भारतबीच कम्तीमा चार वटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ । 

दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा दुवै देशका सम्बन्धी पदाधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गर्नेछन् । 





  • प्रकाशित मिति : चैत १९, २०७८ शनिबार ९:४८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया