वाट्फोर्डलाई हराउँदै लिभरपुल प्रिमियर लिगकाे शीर्ष स्थानमा

इंग्लिस प्रिमियर लिगअन्तर्गत आज सम्पन्न खेलमा घरेलु टोली लिभरपुल विजयी भएको छ । लिभरपुलले वाट्फोर्डमाथि २–० को सहज जित हात पारेको हो । एनफिल्डमा घरेलु टोलीलाई जित दिलाउ डिएगो जोटा र फाबिन्होले एक/एक गोल गरे ।

खेलको २२ औं मिनेटमा जोटाको गोलमार्फत लिभरपुलले अग्रता लिएको थियो । ८९ औं  मिनेटमा फाबिन्होले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई २–० को सहज जित दिलाए ।

यो जितसँगै लिभरपुल अंक तालिकाको शीर्ष स्थानका उक्लिएको छ । उसले ३० खेलमा ७२ अंक जोड्दा पराजित वाट्फोर्ट समान खेलबाट २२ अंकका साथ १८ औं स्थानमा छ । 





  • प्रकाशित मिति : चैत १९, २०७८ शनिबार २०:४०:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया