इंग्लिस प्रिमियर लिगमा गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र लेस्टर सिटीबीचको खेल बराबरीमा सकिएको छ । दुवै टोलीले म्यानचेस्टरको घरेलु मैदान ओल्ड ट्राफोर्डमा १–१ को बराबरी खेलेका हुन् ।
खेलको ६३ औं मिनेटमा केलिची इहानाचोले गोल गर्दै लेस्टरलाई सुरुवाती अग्रता दिलाएका थिए । ६६ औं मिनेटमा फ्रेडले गोल गर्दै युनाइटेडलाई हारबाट जोगाए । ८० औं मिनेटमा लेस्टरका म्याडिसनको गोल गरे पनि त्यसले मान्यता पाएन ।
गोल अघिको फउलको कारण रेफ्रीले भिएआरको सहायतामा त्यसलाई मान्यता नदिएका हुन् । यो बराबरीसँगै ३० खेलमा ५१ अंक जोडेको युनाइटेड छैटौं स्थानमा रहँदा लेस्टर २८ खेलमा ३७ अंकका साथ नवौं स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।