जुम्लाकाे हिमा गाउँपालिकालाई बालविवाहमुक्त घोषणा गर्ने तयारी

जुम्लाको हिमा गाउँपालिकालाई बालविवाहमुक्त घोषणाकाे तयारी गरिएकाे छ । 

संविधान र बालबालिकासम्बन्धी ऐनले बालविवाह निषेध गरेकाले अभियानलाई सफल बनाउन गाउँपालिकाले पनि बालविवाहमुक्त घोषणा गर्न थालेको हो ।

बालविवाहले नै समाजिक, आर्थिक लगायतका हिंसा निम्त्याएको भन्दै यसलाई रोक्ने हिमा गाउँपालिकाले कार्यविधिसमेत बनाएको छ। 

गाउँपालिका अध्यक्ष रजबहादुर शाहीका अनुसार बालविवाहसम्बन्धी सूचक तयार पारेर विद्यालय र वडा स्तरमा सचेतनाका कार्यक्रम सञ्चालनमा छन् । 

‘कक्षा ८ देखि १० सम्मका किशाेरकिशाेरीले पनि  विवाह गरेको पाइयाे । यसलाई राेक्न विद्यालयस्तरमा कक्षा दिन थालिएकाे छ’, उनले भने ।

गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाका अनुसार केही दिन भित्र बालविवाहमुक्त घोषणा गरिनेछ । 



सातवटै वडाको तथ्यांक हेर्दा हेर्दा ८२.२ प्रतिशतले बालविवाह रोकिएकाले उनले बताइन् ।

प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले बालविवाहको क्षेत्रमा सूचक बनाएयर काम गर्ने  यो पालिका भएकाे दाबी गरे । 



उनका अनुसार बालविवाहमुक्त गाउँ (टोल) हुँदै वडा घोषणा गरिने छ । त्यसपछि पालिकालाई नै बालविवाहमुक्त घाेषणा गरिनेछ ।

जुम्ला जिल्लाका सरकारी वकिल रेनुका राईले २० वर्षभन्दा कम उमेरमा विवाह गर्नु गैरकानुनी रहेकाे बताइन् ।  

बालविवाह गर्ने गराउनेलाई ३ वर्ष कैद र जरिवानाकाे व्यवस्था रहेकाे बताउँदै उनले त्यस्ताे विवाह नै स्वतः रद्द हुने बताइन्

  • प्रकाशित मिति : चैत २०, २०७८ आइतबार ९:३०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया