डोटीको पुर्बिचौकी गाउँपालिकामा जिप दुर्घटना भएको छ । स्थानीय बजार साझघाटबाट गैरा गाउँ जानेक्रममा से१ज ८३९ नम्बरको जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा पुर्बिचौकी गाउपालिका–३ गैरागाउँका अन्दाजजी ३५ वर्षका खेम बोहरा र ४० वर्षका पुरन बोहरा रहेका छन् ।
घाइते सातजनाको उपचारका लागि जिल्ला अस्पताल डोटीमा ल्याउने कार्य भइरहेको छ । जिपचालकसहित १० जना सवार उक्त जिप दुर्घटनामा परी घाइते भएका केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।