भारतीय संगीतकार रिकी केजले ग्रामी अवार्ड पाएका छन् ।
अमेरिकाको लस भेगासको आयोजना गरिएकाे ६४ औं ग्रामी अवार्ड समाराेहमा केजले पाएको यो दोस्रो ग्रामी अवार्ड हाे ।
उनले ब्रिटिश रक ब्यान्ड ‘द पुलिस’का ड्रमर स्टेवार्ट कोपल्याण्डसँग ‘बेस्ट न्यू एज एल्बम’ को अवार्ड पाएका हुन्।
उनको एल्बम ‘डिभाइन टाइड्स’का लागि यो अवार्ड दिइएको हो।
ट्विटरमा तस्वीर राख्दै केजले लेखेका छन्, ‘हाम्रो एल्बम डिभाइन टाइड्सको लागि ग्रामी अवार्ड दिँदा धेरै आभारी छु। मलाई यो जीवित लिजेन्ड- स्टेवार्ट कोपल्याण्ड मन पर्छ, मेरो छेउमा उभिएको छन् । तपाईं सबैलाई मेरो माया ! यो मेरो दाेस्राे ग्रामी अवार्ड हो र स्टेवार्टको छैटौं।’
रिकी केज अमेरिकामा जन्मेका थिए तर अहिले बैंगलोरमा बस्छन् ।
यसका अलावा पाकिस्तानी गायक उरुज आफताबलाई ‘बेस्ट ग्लोबल पर्फर्मन्स’को लागि ग्रामी अवार्ड दिइएको छ ।
योसँगै उनी ग्रामी अवार्ड जित्ने पहिलो पाकिस्तानी महिला बनेकी छन् ।
ग्रामीलाई संगीतकाे क्षेत्रमा प्रदान गरिने उत्कृष्ट अवार्डकाे रूपमा मानिने गरिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।