क्रिस्टल प्यालेसले इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष चारको दौडमा रहेको आर्सनललाई ३–० अन्तरले पराजित गरेको छ । लण्डनमा सोमबार राति भएको खेलमा क्रिस्टलको जितमा जिन फिलिपे मटेटा, जोर्डन एयु र वेलफ्रेड जाहाले गोल गरे ।
जितसँगै क्रिस्टल प्यालेस ३० खेलबाट ३७ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । पराजित आर्सनलले चौथो स्थानमा उक्लने मौका गुमाउँदा पाँचौ स्थानमा यथावत छ ।
उसको समान ५४ अंक रहे पनि एक खेल बढी खेलेको टोटेनहम गोल अन्तरमा अघि रहँदै चौथो स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।