सिरी ‘ए’ : मिलानले अग्रता बढाउने अवसर गुमायाे

बोलोग्नासँग गोलरहित बराबरीमा रोकिएसँगै एसी मिलानले इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा अग्रता बढाउने अवसर गुमाएको छ । 

अन्तर्राष्ट्रिय विश्राम अघि लगातार तीन खेलमा १-० को जित हात पार्दै शीर्ष स्थानमा तीन अंकको अग्रता लिएको मिलानले सोमबार भने जित यात्रालाई निरन्तरता दिन सकेन । 

लिगमा सात चरणका खेल बाँकी रहँदा दोस्रो स्थानको नेपोली र तेस्रो स्थानको इन्टर मिलान शीर्ष स्थानको एसी मिलानभन्दा मात्र एक अंकले पछि छन् । मिलानसँगको अंक दूरी कम गर्ने क्रममा आइतबार नेपोलीले एट्लान्टालाई ३-१ ले पराजित गरेको थियो भने इन्टरले युभेन्टसलाई १-० ले हराएको थियो ।

१६ औं मिनेटमा राफेल लियोले गोलको अवसर पाए पनि त्यसको सदुपयोग गर्न नसक्दा मिलान निराश बनेको थियो । मिलानको ३१ खेलबाट ६७ अंक रहेको छ भने दोस्रो र तेस्रो स्थानको नेपोलीको समान ६७ अंक छ ।  





  • प्रकाशित मिति : चैत २२, २०७८ मंगलबार ७:५८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया