वडा कार्यालय तोडफोडमा संलग्न चार पक्राउ

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटार वडा कार्यालय तोडफोड भएको छ । वडा कार्यालयको दुईतले भवनको सभाहलका रूपमा प्रयोग भइरहेको भुइँतलाको कोठामा तोडफोड भएको हो । 

सोमबार राति स्थानीय युवाले वडा कार्यालयको ताला तोडेर तोडफोड गरेका हुन् । तोडफोडबाट प्लास्टिकका १७ वटा कुर्सी, काठका तीनवटा बेन्च, प्लास्टिकको एउटा टेबल, एक थान ह्वाइटबोर्ड, भइपरी आउँदा प्रयोग गर्न राखिएका दुईवटा हेलमेट, दुई थान पावर सकेटलगायत सामानमा क्षति पुगेको वडाध्यक्ष भलाराज राईले बताए । 

यस्तै, हरेक महिनाको २७ गते वितरण गर्ने गरी राखिएको आयुर्वेदको औषधि छरपस्ट अवस्थामा भेटिएको छ । पानी भरेर राख्ने गरिएको एक थान सिलभरको गाग्रो कच्याककुचुक भएको पाइएको छ । 

वडा कार्यालयको दुईतले भवनको माथिल्लो तलाबाट भने वडाको कामकाज सञ्चालन हुँदै आएको छ । तोडफोडमा संलग्न भएको अभियोगमा चार युवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सागर शाहले बताए । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : चैत २२, २०७८ मंगलबार १८:३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया