केपी ओलीका कारण नेपालको विकास २५ वर्ष पछि पर्‍यो : प्रदीप पौडेल
फाइल तस्वीर

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले केपी शर्माका कारण देश २५ वर्ष पछि परेको बताएका छन् । 

मंगलबार शंकरदेव क्याम्पसमा आयोजित आर्थिक  सबलीकरण-राजनीतिक शुद्धीकरण विषयक विचार गोष्ठीमा बोल्दै नेता पौडेलले ओलीले राजनीतिक व्यवस्थापन गर्न नसक्दा अवसर हुँदाहुँदै पनि देश विकास हुन नसकेको आरोप लगाएका हुन् ।

'५१ सालमा एमालेले अरुण तेस्रो परियोजना रोक्यो, त्यो परियोजना नरोकिएको भए ५६ मा सम्पन्न हुन्थ्यो, आज हामीले भारतबाट बिजुली किनेर उज्यालो प्राप्त गर्ने स्थिति रहँदैन थियौं । केपी ओलीजीहरूका कारणले नेपालको विकास २५ वर्ष पछाडि पर्‍यो' उनले भने ।

उनले आगामी निर्वाचनमा कांग्रेसले राजनीतिक शुद्धीकरण र उत्पादनको नीति र योजनासहित जनतामा जानुपर्ने पनि बताए । देशमा लोकतान्त्रिक व्यवस्था स्थापना भइसकेको उल्लेख गर्दै उनले अबको बाटो आर्थिक र गुणस्तरीय विकास हुनुपर्ने बताए । 





  • प्रकाशित मिति : चैत २२, २०७८ मंगलबार २१:८:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया