‘ए मेरो हजुर ४’ मा स्टारडमभन्दा कन्टेन्ट बलियो छ :  झरना थापा

निर्देशक झरना थापाले ‘ए मेरो हजुर ४’ चलचित्रमा स्टारडमभन्दा कन्टेन्ट बलियो हुने बताएकी छिन् । 

‘फिल्ममा देखिने अनुहारले दर्शकलाई हलसम्म त ल्याउँछ नै, तर कन्टेन्ट बलियो नभए त्यसले काम गर्दैन । स्टारद्वारा हलसम्म तानिएका दर्शकलाई कन्टेन्टले होल्ड गर्न सक्नुपर्छ’, उनले भनिन् । 

चलचित्रमा अनमोल केसी वा सुहाना थापाको स्टारडमभन्दा फिल्ममा ज्यादा भरोसा रहेको थापाकाे भनाइ छ ।

‘निर्देशकको रूपमा भन्नुपर्दा यो फिल्मले जुन इन्टरटेनिङ भ्यालु बोकेको छ, मलाई त यही नै स्टार लाग्छ,’ उनले भनिन् ।

थापाले स्तरीय फिल्म बनाउने कोसिस गरेकाले हेरेर प्रतिक्रिया दिन दर्शकलाई आग्रह समेत गरिन् । 

उनले भनिन्, ‘हामीले के कस्तो काम गर्‍याैं भनेर मूल्यांकन गरिदिने दर्शक हुन् । सल्लाह, सुझाव र हौसलाको सदैव अपेक्षा रहने छ ।’



निर्देशक थापाले नेपाली फिल्मलाई विश्वका फिल्ममाझ प्रतिस्पर्धा गराउने स्तरको बनाउन दर्शकको साथ उत्तिकै महत्त्वपूर्ण रहेको पनि बताइन् ।

चलचित्रकाे ट्रेलरमा अनमोल र सुहानाको प्रेम, कमेडी र बिछोड देखाइएको छ । 



चलचित्रमा अनमोल र सुहानासँगै सलोन बस्नेत, रेअर राई, रवि गिरीलगायतको अभिनय छ ।

चलचित्रलाई सुनिलकुमार थापाले निर्माण गरेका हुन् ।
 

  • प्रकाशित मिति : चैत २४, २०७८ बिहीबार १२:१०:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया