आइपिएल : दिल्लीविरुद्ध लखनउ ६ विकेटले विजयी, उक्लियो दोस्रो स्थानमा

भारतमा जारी १५ औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जायन्ट्सले तेस्रो जित निकालेको छ । गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराउँदै लखनउले लगातार तेस्रो जित निकालेको हो । पहिलो खेलमा भने ऊ गुजरात टाइटन्सविरुद्ध ५ विकेटले पराजित भएको थियो । 

दिल्लीको भने यो लगातार दोस्रो हार हो । उसले पहिलो खेलमा मुम्बईलाई चार विकेटले हराएको थियो । तर, दोस्रो खेलमा दिल्ली गुजरात टाइटन्सविरुद्ध १४ रनले पराजित हुन पुग्यो । 

जारी लिगको १५ औं खेलमा दिल्लीले दिएको १५० रनको लक्ष्य लखनउले १९.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । उसको जितमा क्विन्टन डी ककले उत्कृष्ट पारी खेले । उनले ५२ बलमा नौ चौका र दुई छक्कासहित ८० रन बनाए  । त्यस्तै, कप्तान केएल राहुलले २४, कृणाल पाण्ड्याले १९, आयुष बदोनीले अविजित १० र दीपक हूडाले ११ रन बनाए । 

दिल्लीका लागि कुलदीप यादवले दुई, शार्दुल ठाकुर र ललित यादवले एक/एक विकेट लिए । त्यसअघि मुम्बईस्थित डिआर डिवाइ पाटिल स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १४९ रन बनाएको थियो । 

उसका लागि पृथ्वी शाले आक्रामक पारी खेले । उनले ३४ बलमा नौ चौका र दुई छक्कासहित ६१ रन बनाए । कप्तान ऋषभ पन्त ३९ र सरफराज खान ३६ रनमा अविजित रहे । लखनउका लागि रवि विश्नोई दुई र कृष्णप्पा गौतमले एक विकेट लिए । यो जितसँगै लखनउ अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । दिल्ली सातौँ स्थानमा छ । 





  • प्रकाशित मिति : चैत २५, २०७८ शुक्रबार ६:५३:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया