भर्खर बच्चा जन्माएकी आमामा ‘स्तन क्यान्सर’को खतरा बढी

काठमाडाैं– भर्खर बच्चा जन्माएकी आमालाई स्तन क्यान्सर हुने खतरा बढी हुन सक्ने एक अध्ययनले देखाएको छ । विगतका विभिन्न अनुसन्धानले बच्चा जन्माएपछि स्तन क्यान्सरको खतरा कम हुने भनेता पनि नयाँ अनुसन्धानले खतरा झन् बढी हुने देखाएको हो । 

‘एनाल्स’ नामक संस्थाले गरेको एक अध्ययनअनुसार बच्चा जन्माएका आमाहरूमा स्तन क्यान्सरको खतरा बढी हुने देखिएको छ ।

विभिन्न १५ वटा अनुसन्धान गरेर एनाल्सले यस्तो विवरण निकालेको हो । संस्थाका अनुसार एकै उमेर समूहका महिला, जसले बच्चा जन्माएका छैनन्, उनीहरूमा कमै मात्रामा स्तन क्यान्सर हुने गरेको पाइएको छ । बच्चा जन्माएको ५ वर्षदेखि २४ वर्षसम्म आमाहरूमा स्तन क्यान्सरको जोखिम ज्यादा हुने सो अनुसन्धानले देखाएको हो ।

स्तनपानले जोखिमलाई कम गर्ने कुरा नभेटिएको पनि अनुसन्धानमा उल्लेख गरिएको छ । तर, स्तन क्यान्सरलाई एक पक्षबाट मात्र नहेरेर विभिन्न अनुसन्धान गरेपछि मात्र भन्न सकिने अनुसन्धानमा संलग्न हेजेल निकोल्सले बताएकी छन् । उनका अनुसार, स्तन क्यान्सरमा महिलाको उमेर, उसको पारिवारिक स्वरूपदेखि उसको खानपान तथा अन्य विभिन्न विषयले प्रभाव पारेका हुन्छन् ।

स्तन क्यान्सर अधिकांश ५० भन्दामाथिको उमेर समूहका महिलामा रहेको पनि अनुसन्धानले जनाएको छ ।
 





  • प्रकाशित मिति : पुस १०, २०७५ मंगलबार १५:५८:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया