मन्त्री खतिवडा भन्छन्- टाइफाइड विरुद्धको खोप सुरक्षित छ, ढुक्क भएर बालबालिकालाई लगाउनुहोला

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले टाइफाइड विरुद्धको राष्ट्रिय खोप अभियान तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् । 

मनहरी गाउँपालिका-५ मा रहेको भोजसिद्ध माविमा शुक्रबार आयोजित कार्यक्रममा खोप अभियान उद्घाटन गर्दै मन्त्री खतिवडाले टाइफाइड विरुद्धको खोप अभियानले धेरै नेपालीलाई राहत मिल्ने बताए ।

टाइफाइड विरुद्धको खोप पूर्ण रूपमा सुरक्षित र राम्रो भएको बताउँदै मन्त्री खतिवडाले ढुक्क भएर आफ्ना बालबालिकालाई सहभागी गराउन र प्रभावकारी ढंगले सञ्चालन गर्न अनुरोध गरेका छन् । 

यो खोप अभियान देशैभर १८ वैशाखसम्म सञ्चालन हुनेछ ।

देशभर १५ महिनादेखि १५ वर्षसम्मका करिब ७५ लाख बालबालिकालाई खोप प्रदान गरिने उनले बताए । 

देशैभर करिब ५० हजार बढी खोप केन्द्र, आवश्यक खोप, दक्ष जनशक्ति र स्वयंसेवकको व्यवस्थापन गरिएको उनले जानकारी दिए।



यस खोप अभियानमा मकवानपुरका १ लाख ९ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको छ । 



  • प्रकाशित मिति : चैत २६, २०७८ शनिबार ७:२७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया