आइपिएल २०२२ः मुम्बईविरुद्ध आरसिबीको सहज जित

रोयल च्यालेन्जर्स बैंगलोरले आइपिएल २०२२ को १८ औं खेलमा मुम्बई इन्डियन्सविरुद्ध सहज जित निकालेको छ । शनिबार भएको खेलमा मुम्बईविरुद्ध आरसिबीले ७ विकेटको जित निकालेको हो ।

यो जितसँगै आरसिबी अब अंक तालिकाको तेस्रो नम्बरमा पुगेको छ । मुम्बईले पहिले ब्याटिङ गरेको खेलमा १ सय ५१ रनको योगफल मात्र तयार गर्न सकेको थियो ।

आरसिबीलाई यो लक्ष्य भेट्याउन त्यति गाह्रो भएन । उसले ९ बल बाँकी रहँदा नै यो लक्ष्य भेट्याएको हो ।

आरसिबीका लागि अनुज रावतले ६६ तथा विराट कोहलीले ४८ रनको पारी खेले । फाफ डु प्लेसिसले यो खेलमा टस जित्दै पहिले बलिङ गर्ने फैसला गरेका थिए । 

मुम्बईका लागि रोहित शर्मा र इशान किसनले २६–२६ रन बनाएर राम्रो सुरुवात गरेका थिए । मुम्बईको स्कोरबोर्डमा ५० रन पुग्दा रोहित शर्मा आउट भए ।
त्यसपछि मुम्बईको विकेट झर्ने क्रम बढ्यो ।

त्यसको १२ रनमा नै मुम्बईले ४ विकेट गुमाएको थियो । ५० रनमा पहिले विकेट गुमाएको मुम्बईको स्कोर ६२ रन हुँदा ६ विकेट गुमिसकेको थियो । मुम्बईको यो लयका कारण उसले १ सय २० रनसम्म बनाउन सक्ने अनुमान गर्न थालिएको थियो । तर, सूर्यकुमार यादवले आएर मुम्बईका लागि सास भरे । उनले ६८ रनको पारी खेलेर टिमको स्कोर १ सय ५१ रन बनाए ।



यसका लागि उनले ५ चौका र ६ छक्का प्रहार गरेका थिए ।



  • प्रकाशित मिति : चैत २६, २०७८ शनिबार २३:५३:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया