तनँहुको व्यास नगरपालिका-१ मा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार एक वृद्धाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तनँहुको ऋषिङ गाउँपालिका-४ भीरकोटकी ७५ वर्षीया पार्वती रानाभाट रहेकी छिन् ।
हाइस्कुलटारबाट दमौलीतर्फ आउँदै गरेको ग १४ प ६५७ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर पल्टिँदा पछाडि सवार उनी घाइते भएकी थिइन् ।
उपचारको लागि जिल्ला अस्पताल दममौलीमा पुर्याउनासाथ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।