आइपिएलः दिल्लीले कोलकातालाई हरायो

इन्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत आज सम्पन्न खेलमा डिल्ली क्यापिटल्स विजयी भएको छ । दिल्लीले कोलकाता नाइटराइडर्समाथि ४४ रनको जित हात पारेको हो ।

२१६ रनको लक्ष्य पछ्याएको कोलकाताले दुई बल बाँकी छँदा सबै विकेट गुमाउँदै १७१ रन मात्र  बनाउन सक्यो ।

कोलकाताका कप्तान श्रेयस अय्यरले अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन भने सकेनन् । ३३ बलको सामना गरेका उनले पाँच चौका र दुई छक्कासहित ५४ रन बनाए । नीतिश रानाले ३० र आन्द्रे रसेलले २४ रन बनाए ।

दिल्लीका लागि कुलदीप यादवले चार, खलिल अहमदले तीन, शार्दुल ठाकुरले दुई तथा ललित यादवले एक विकेट हात पारे ।

त्यसअघि मुम्बईस्थित ब्रेबोर्न स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २१५ रन बनाएको थियो ।

दिल्लीका लागि डेविड वार्नर र पृथ्वी शाले अर्धशतकीय पारी खेले । ६१ रन बनाएका वार्नरले ४५ बलमा ६ चौका र दुई  छक्का प्रहार गरे ।



शाले २९ बलमा सात चौका र दुई  छक्का सहित ५१ रन जोडे । कप्तान ऋषभ पन्तले २७ रन बनाउँदा शार्दुल ठाकुर २९ र अक्षर पटेल २२ रनमा अविजित रहे ।

कोलकाताका लागि सुनिल नारायणले दुई तथा उमेश यादव,वरूण चक्रवर्ती र आन्द्रे रसेलले एक–एक विकेट हात पारे ।



जितसँगै चार खेलमा चार अंक जोडेको दिल्ली छैटौँ स्थानमा उक्लिँदा हारका बाबजुद पनि पाँच  खेलमा ६ अंकका साथ कोलकाता शीर्ष स्थानमा यथावत् छ ।

  • प्रकाशित मिति : चैत २७, २०७८ आइतबार २०:१२:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया