युवा संघको व्यांग्यात्मक प्रदर्शन : कुर्सीमाथि फर्सी, फर्सीमा अर्थमन्त्री

नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघ नेपालले अर्थमन्त्री जनार्दन शर्माविरुद्ध विरोध प्रदर्शन गरेको छ ।

संघले आइतबार काठमाडौंको नयाँ बानेश्वरमा मन्त्री शर्माविरुद्ध व्यंग्यात्मक शैलीमा विरोध जनाएको हो । 

उनीहरुले कुर्सीमाथि फर्सी, फर्सीमा अर्थमन्त्री शर्माको तस्बिर बनाएर व्यंग्यात्मक शैलीमा विरोध प्रदर्शन गरे । 

विरोध प्रदर्शनका क्रममा संघका अध्यक्ष किरण पौडेलले अर्थमन्त्री शर्मालाई जेल सजाय हुनुपर्ने माग गरेका थिए ।  

आफ्ना अनुचित दबाब पालना नगरेका कारण नेपाल राष्ट्र बैंकका गभर्नरलाई अर्थमन्त्रीले निलम्बन गरेको भन्दै उनले भने, ‘अर्थमन्त्रीलाई पदमुक्त मात्र होइन, जेल सजाय नै हुनुपर्छ ।’

वर्तमान सरकारको ‘नालायकीपनविरुद्ध’ कडा प्रतिवादमा उत्रन उनले युवाहरूलाई आह्वान गरेका छन् । 





  • प्रकाशित मिति : चैत २७, २०७८ आइतबार २०:२८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया