आइपिएलमा लखनउमाथि राजस्थानको रोमाञ्चक जित, उक्लियो शीर्ष स्थानमा

भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपर जायट्सविरुद्ध राजस्थान रोयल्स ३ रनले विजयी भएको छ । जारी लिगमा राजस्थानको यो तेस्रो जित हो । जितसँगै ऊ अंक तालिकाको शीर्ष स्थानमा पनि उक्लिएको छ ।

चार म्याच खेलिसकेको राजस्थानले एक खेलमा मात्र हार बेहोरेको छ । लखनउले पाँच म्याचमध्ये तीनमा जित र एक खेलमा हारको सामना गरेको छ । ऊ ६ अंकका साथ तालिकाको पाँचौँ स्थानमा छ । 

आफ्नो पाँचौँ खेलमा राजस्थानले दिएको १६६ रनको लक्ष्य पछ्याएको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६२ रन बनायो । निकै खराब सुरुवात गरेको लखनउका लागि आठौँ नम्बरमा ब्याटिङ गरेका मार्कस स्टोइनिसले आक्रामक पारी खेले पनि टोलीलाई जित दिलाउन भने चुके । 

उनले १७ बलमा चार छक्काको सहयोगमा अविजित ३८ रन बनाए । त्यस्तै, क्विन्टन डिकक ३९, दीपक हूडा २५, कृणाल पाण्ड्या २२ र दुश्मन्था चामेरा १३ रनमा आउट भए । 

राजस्थानका लागि युजवेन्द्र चहलले चार ओभरमा ४१ रन दिएर सर्वाधिक चार विकेट हात पारे । त्यस्तै, ट्रेन्ट​ बोल्टले दुई, कुलदीप सेन र प्रसिद्ध कृणा प्रसिद्ध कृष्णाले एक/एक विकेट लिए ।    

त्यसअघि मुम्बईस्थित वानखडे स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६५ रन बनायो ।



उसका लागि शिमरोन हेटमायरले उत्कृष्ट ब्याटिङ गरे । उनले ३६ बलमा ६ छक्का र एक चौकासहित अविजित ५९ रनको योगदान दिए । त्यस्तै, देवदत्त पाडिक्कलले २९, रविचन्द्रन आश्विनले २८, जोस बटलर र कप्तान सञ्जु सामसनले १३/१३ रन बनाए । 

रियान पराग आठ र रस्सीभान डर दुसेन चार रनमा आउट भए । लखनउका कृष्णप्पा गौतम, जेसन होल्डरले दुई/दुई र आवेश खानले एक विकेट लिए । 



  • प्रकाशित मिति : चैत २८, २०७८ साेमबार ६:२७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया