देश श्रीलंका हुन्छ भन्नु राष्ट्रघातः अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले देश श्रीलंका हुन्छ भनेर अर्थतन्त्रबारे नकारात्मक टिप्पणी गर्नु अनावश्यक भएको बताएका छन् । देश श्रीलंका हुन्छ भन्नु राष्ट्रघात भएको उनको भनाइ छ ।

‘अफवाहहरूलाई जोड्दै जोड्दै लिएर कहाँ लग्न खोजिँदै छ भने देश श्रीलंका हुन्छ भन्नेतिर लग्न खोजिँदै छ । यो राष्ट्रघात हो । देशलाई त राम्रो बनाउनुपर्‍यो नि ! श्रीलंका बनाउनतिर किन चासो उहाँहरूको भइराखेको छ ? बडो अचम्म लाग्छ,’ मन्त्री शर्माले भने । 

सरकारले वृद्धभत्ता कटौती गर्न लागेको, अन्य काम पनि कटौती गर्न लागेको भन्दै भ्रम फैलाउने काम भइरहेको उनको भनाइ छ । ‘हामीले आवश्यकताअनुसार बजेटको व्यवस्था गरिरहेका छौं । वृद्धभत्ता कटौती गर्न लाग्यो, यसो गर्न लाग्यो भनेर भ्रम फैलाउने काम भइरहेको छ । यी सबै अफवाहहरू हुन् ,’ उनले भने ।

ठूलो–ठूलो स्वरमा अर्थतन्त्र सकियो भन्दै राजनीतीकरण गर्न खोजिएको उनको भनाइ छ । ‘हामी पनि सतर्कता अपनाइरहेका छौँ । यसमा अनावश्यक अफवाह फैलाउनु आवश्यक छैन्,’ मन्त्री शर्माले भने, ‘हामीले दिन नसकिने अवस्थामा छैनौँ । अहिले पनि हाम्रो ट्रेजरीमा ६७ अर्ब पैसा छ ।’ 





  • प्रकाशित मिति : चैत २८, २०७८ साेमबार २०:९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया