लगातार हारिरहेको चेन्नईलाई अर्को झड्का, आइपिएलबाट बाहिरिए चाहर

भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार हारको सामना गरिरहेको चेन्नई सुपर किंग्स (सिएके) लाई ठूलो झड्का लागेको छ । टोलीका प्रमुख तीव्र गतिका बलर दीपक चाहरले जारी सिजनको सबै खेल गुमाउने भएपछि चेन्नईलाई झड्का लागेको हो । 

पुरानो चोट बल्झिएपछि चाहर आइपिएलबाट बाहिरिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सञ्चारमाध्यमका अनुसार उनको ढाडको पुरानो चोट फेरि बल्झिएको छ । जसकारण चाहर टोलीबाट बाहिरिएका हुन् । चाहर यही सातासम्म चेन्नईको टोलीमा आउने अपेक्षा गरिएको थियो ।  

उनलाई चेन्नईले मेगा अक्सनबाट १४ करोड भारुमा अनुबन्ध गरेको थियो । चाहर वेस्ट इन्डिजविरुद्धको सिरिजका क्रममा घाइते भएका थिए ।    
 





  • प्रकाशित मिति : चैत २९, २०७८ मंगलबार १२:५१:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया