नेकपा माओवादी केन्द्रले हरेक जिल्लाबाट कम्तीमा एक महिला पालिका प्रमुख वा अध्यक्ष पदको उम्मेदवार सिफारिस गर्न सर्कुलर गरेको छ ।
एउटा पालिकाको कम्तीमा एक वडा अध्यक्षमा महिलालाई सिफारिस गर्न भनेको हाे।
सर्कुलरअनुसार महिला उम्मेदवार सिफारिस भएको अवस्थामा माओवादी केन्द्रको देशभर ७७ जना महिला नेतृ पालिकाको नेतृत्वमा प्रतिस्पर्धी बन्नेछन् ।
७५३ जना महिला वडाध्यक्षमा प्रतिस्पर्धा गर्नेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।