आइपिएलमा चेन्नईको पहिलो जित, बैंग्लोरको दोस्रो हार

भारतमा जारी १५ औँ आइपिएलमा गत विजेता चेन्नई सुपर किंग् (सिएसके) ले पहिलो जित दर्ता गरेको छ । रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) लाई २३ रनले हराउँदै चेन्नईले चार हारपछि पहिलो जित दर्ता गरेको हो । 

आरसिबीको यो दोस्रो हार हो । आफ्नो पाँचौं खेलमा चेन्नईले दिएको २१६ रनको लक्ष्य पछ्याएको बैंग्लोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १९३ रन बनायो ।

उसका लागि शहबाज अहमदले ४१, दिनेश कार्तिक, सुयश प्रभुदेसाईले ३४/३४, ग्लेन म्याक्सवेलले २६, मोहम्मद सिराजले अविजित १४ र अनुज रावतले १२ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । 

चेन्नईका लागि महेश थिक्क्षणाले चार, रवीन्द्र जडेजाले तीन, ड्वेन ब्रावो र मुकेश चौधरीले एक/एक विकेट लिए । त्यसअघि मुम्बईस्थित डिवाइ पाटिल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २१५ रन बनाएको थियो । 

उसका लागि रोबिन उथप्पा र शिवम् दुबेले उत्कृष्ट ब्याटिङ गरे । दुबेले ४६ बलमा आठ छक्का र पाँच चौकाको सहयोगमा अविजित ९५ रनको योगदान दिए । त्यस्तै, उथप्पाले ५० बलमा नौ छक्का र चार चौकासहित ८९ रन बनाए ।

ऋतुराज गायकवाड १७ र मोइन अली तीन रनमा आउट भए । बैंग्लोरका लागि वानिन्दु हसरंगाले दुई र जोस हेजलउडले एक विकेट लिए । यो जितसँगै चेन्नईले २ अंक जोडेको छ । ऊ अंक तालिकाको नवौँ स्थानमा छ । बैंग्लोरले पाँच म्याच खेल्दा तीनमा जित र दुई खेलमा जित हात पारेको छ । ऊ ६ अंकका साथ तालिकाको पाँचौँ स्थानमा छ । 





  • प्रकाशित मिति : चैत ३०, २०७८ बुधबार ६:३८:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया