इंग्ल्यान्डका टेस्ट कप्तान जो रुटले कप्तानी छाडेका छन् । उनले शुक्रबार कप्तानी छाड्ने निर्णय लिएका हुन् ।
वेस्ट इन्डिजविरुद्धको टेस्ट शृंखला गुमाएपछि रुटको आलोचना हुँदै आएको थियो। ३१ वर्षीय रुटले २०१७ मा कप्तान चयन भएका थिए ।
रुटले ६४ टेस्टमा इंग्ल्यान्डको नेतृत्व सम्हाल्दा २७ टेस्टमा इंग्ल्यान्ड विजयी हुँदा २६ टेस्टमा पराजित भएको छ ।
‘यो मेरो करिअको सबैभन्दा कठिन निर्णय हो तर, मैले सबैसँगको सल्लाहमै अहिले नै उपयुक्त समय लागेकाले कप्तानी छाड्ने निर्णय गरेको हुँ’, रुटले भने ।
‘देशको कप्तानी गर्न पाउँदा आफुलाई भाग्यमानी ठान्छु । यी पाँच वर्ष मेरा लागि निकै अवस्मणिय थियो’,रुटले थपे, ‘इंग्लिस टोलीको नेतृत्व गर्न पाउनु सम्मानको कुुरा हो।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।