सिरी ए : एसी मिलानले जिनाेओलाई हरायाे

इटालियन सिरी ए अन्तर्गत गए रातिकाे खेलमा लिग लिडर एसी मिलानले जित निकालेकाे छ ।

उसले जिनाेआमाथि २-० काे सहज जित निकालेकाे हाे ।

मिलानकाे घरेलु मैदान सान सिराेमा मिलानलाई जित दिलाउन राफेल लियाे र जुनियर मेस्सियसले एक-एक गाेल गरे ।

खेलकाे ११औं  मिनेटमा लियाेकाे गाेलमार्फत् मिलानले अग्रता लिएकाे थियाे । 

८७ औं मिनेटमा मेस्सियसले गाेल गर्दै घरेलु टाेलीलाई २-० काे सहज जित दिलाए ।

जितसँगै शीर्ष स्थानकाे मिलानले ३३ खेलमा ७१ अंक जाेड्दा पराजित जिनाेआ समान खेलबाट २२ अंकका साथ १९ औं स्थानमा छ ।





  • प्रकाशित मिति : वैशाख ३, २०७९ शनिबार ८:१०:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया