हवाई सेवा अवरुद्ध हुँदा हुम्लावासी समस्यामा

एक मात्र यातायातका रूपमा रहेको हिमाली जिल्ला हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ ।

सडक यातायातले नजोडिएको हुम्लामा नेपालगञ्ज सुर्खेतमा निजी तथा नेपाल एयरलाइन्सका जहाज नभएपछि हवाई सेवा हुन नसकेको हो ।

जिल्लामा यातायातको कुनै सुविधा नरहेको हुम्लामा तीन दिनदेखि कुनै पनि उडान हुन नसकेको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रमुख मोहन गिरीले बताए ।

पछिल्लो समयमा हुम्ला जिल्लामा मौसम सफा भए पनि कर्णाली प्रदेश राजधानी सुर्खेत र नेपालगञ्जमा कुनै पनि विमान नहुँदा हुम्लामा उडान हुन नपाएको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रमुख गिरीले बताए ।

पछिल्लो समय हुम्लाको लागि कुनै पनि उडान नभएपछि सुर्खेत, नेपालगञ्जका यात्रु होटेलको महंगीको मर्कामा परेका छन् । जिल्ला सदरमुकाम सिमकोटबाट नेपालगञ्ज र सुर्खेत जाने यात्रु पनि सिमकोटमै रोकिनु परेको स्थानीय कविराज हमालले बताए  ।  

केही समय अगाडिसम्म नियमित उडान भर्दै आएको नेपाल एयरलाइन्सले समेत उडान भर्न छाडेको र अरू निजी एयरलाइन्सले उडान नियमित नहुँदा दैनिक उपभोग्य सामानको मूल्य अकासिएको र सहज रूपमा नपाएको उपभोक्ता राम बहादुर भण्डारीले बताए ।





  • प्रकाशित मिति : वैशाख ३, २०७९ शनिबार २०:४५:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया