टिकट नटुंगिँदै आकांक्षीहरू घरघरै पुगेर भोट माग्न थाले

नेकपा एमालेले कास्कीको रुपा गाउँपालिकाबाट हालकै अध्यक्ष नवराज ओझालाई उम्मेदवार सिफारिस गरेको छ । हालकै अध्यक्ष ओझालाई अध्यक्षमा र उपाध्यक्ष लालसुब्बा गुरुङको नाम सर्वसम्मतले सिफारिस गरिएको छ । 

यससँगै सबै वडाका अध्यक्ष र सदस्यहरूको समेत सर्वसम्मत नाम सिफारिस गरिएको छ । नाम सिफारिस हुनेबित्तिकै अध्यक्ष ओझाले आफूले पाएको सरकारी गाडी फिर्ता दिएर चुनावी प्रचारमा हिँडेका छन् ।

उनको नाम सिफारिस भए पनि पार्टीबाट टिकट टुंगिएको छैन । ओझाले उपाध्यक्ष गुरुङलाई समेत साथमै लिएर वडावडामा भेला र चुनाव प्रचार सुरु गरेका हुन् ।

एमालेले ओझालाई नै टिकट दिने लगभग सहमति छ । त्यसैले भोट माग्न हिँडेका हुन् । ‘सर्वसम्मत नाम सिफारिस भएकोले हामीलाई समस्या भएन । 

माथिबाट अरू नाम आउने सम्भावना खासै छैन,’ ओझाले भने, ‘हामी टिमसहित भोट माग्न हिँडेका छौं ।’ ओझाले यसअघिको निर्वाचनमा ८९५ मतान्तरसहित कांग्रेस उम्मेदवार प्रकाशमोहन खनाललाई पराजित गरेका थिए ।





  • प्रकाशित मिति : वैशाख ३, २०७९ शनिबार २०:५९:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया